Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गृहमन्त्रीले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद


  • सोमबार, असोज २७ २०७६

  • गृहमन्त्रीले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

    काठमाडौँ– चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई गृहमन्त्री रामबहादुर थापाले धन्यवाद दिएका छन् । गृहमन्त्रालयमा आज सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले रक्षाकर्मीहरुलाई बधाई दिएका हुन् ।
    उनले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यो कार्यले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए । उनले सरकारले दिएको जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निर्वाह गरेको भन्दै नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरेका छन् ।
    चिनियाँ पक्षले समेत भ्रमणको क्रममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रसंशा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।
    उनले चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गरे । बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशीचन्द्रबहादुर सिंह लगायत सहभागी रहेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij