Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते


  • शनिबार, असोज २५ २०७६

  • नवलपरासीमा जीप दुर्घटना हुँदा १ को मृत्यु, ४ घाइते

    नवलपरासी । नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकामा यात्रुबाहक जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
    शुक्रबार साँझ पाल्पाको रामपुरबाट नवलपरासीको दलदलेका लागि छुटेको ग १ ज ६५ ०५ नम्बरको जीप बुलिङटार गाउँपालिका–६, स्थित निरन्दीखोलामा दुर्घटना हुँदा नवलपरासी देवचुली नगरपालिका–४ बस्ने २७ वर्षीय हरि अधिकारी क्षेत्रीको मृत्यु भएको हो ।

    दुर्घटनामा परी गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा पोखरा मनिपाल कलेजमा शुक्रबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले बताए ।

    दुर्घटनामा देवचुली–१० बस्ने २७ वर्षीय आशिष खनाल, सोही स्थानका १९ वर्षीय सूचना पाण्डे, देवचुली–१, बस्ने ३० वर्षीय पवन तिवारी र २४ वर्षीया सङ्गीता पोखरेल घाइते भएका छन् । घाइते चारै जनाको नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । निरन्दीखोलाको उकालोमा जीपले लोड तान्न नसकेपछि दुर्घटनामा परेको हो । जीपमा करीब १७ जना सवार रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij