Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहायक रथी भण्डारी र सिग्देल लाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान


  • सोमबार, असोज २० २०७६

  • सहायक रथी भण्डारी र  सिग्देल लाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं – नेपाली सेनाका दुई सहायक रथीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। निरीक्षणाधिकृतको कार्यालयमा रहेका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका सहायक रथी गोकुल भण्डारीको उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

    सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
    उनीहरूलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गरेको थियो।
    उपरथी दर्जामा पदोन्नति भएका उपरथी सिग्देललाई निरिक्षणाधिकृतको कार्यालयको निरिक्षणाधिकृत र उपरथी भण्डारीलाई पश्चिम पृतनापतिको जिम्मेवारी दिइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij