Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनको अध्यक्षमा पन्त र महासचिबमा शर्माको उमेदबारी


  • शनिबार, असोज ४ २०७६

  • एनआरएनको अध्यक्षमा पन्त र महासचिबमा शर्माको उमेदबारी

     

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पन्तले राजधानीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन । मुलुकमा लगानी, सम्मानीत वैदेशिक रोजगारी, मुलुकको समृद्धि, एनआरएन नागरिकता, आधारभुत योजना अनि तर्जुमा अनि सबल संगठनको संरचना
    लगायतका प्रतिवद्धताका साथ आफ्नो उम्मेदवारी घोषणा गरेको पन्तले बताए । जर्मनका नेपाली ब्यवशायी आफू अध्यक्षमा विजयी भए संघका सबैखाले परियोजनालाई निरन्तरता दिने,अन्तराष्ट्र्रिय संघ संस्थासंग सहकार्य गर्ने र स्थापीत अन्तराष्ट्र्रिय साझेदार संस्था बनाउन पहल गर्ने बताए ।

    यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यान्वयनका लागि नेपाल सरकारसँंग पहल गर्ने, नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को एजेन्डालाई अघि बढाउने लगायतका प्रतिबद्धता उनले जनाए । यसै बिच एनआरएनए अभियानमा विगत १४ वर्षदेखि क्रियाशिल बिधान बिशेषज्ञ डा. हेमराज शर्माले कुमार पन्तकै समुहमा एनआरएनएको महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतको अल्डरसटमा एक पत्रकार सम्मेलन गरी गैर आवासीय नेपाली संघका सल्लाहकार एवं युनिभर्सिटी अफ लिभरपुलका
    सहप्राध्यापक डा. शर्माले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।विधान समितिका संयोजक शर्माले अग्रजहरुको सल्लाहपछि एक्जुकेटिभ पदमै काम गर्ने सोच बनेर उम्मेदवारी दिने निर्णय गरेको जनाए। एनआरएनका्े सबै मुभमेन्टमा जोडिरहने इच्छाले यस पटक महासचिब पदमा आफु आकांक्षी रहेको शर्माको बताए । शर्माले सबैको एनआरएनए, सवल र बहुआयामिक एनआरएनए, स्मार्ट एनआरएनए, परिणाममुखी एनआरएनए, दिगो एनआरएनए, सिप, ज्ञान तथा प्रवर्धनका लागि एनआरएनए उत्तरदायी र पारदर्शी एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको बताए । गैर आवासीय नेपाली संघ )एनआरएनए)को नवौं विश्व सम्मेलन आउँदो १५ देखि १७ अक्टोबरसम्म काठमाडौंमा सन्चालन हदै छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij