Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भिभिआइपी चढ्ने नयाँ हेलिकप्टर काठमाडौं आइपुग्यो


  • शुक्रबार, असोज ३ २०७६

  • भिभिआइपी चढ्ने नयाँ हेलिकप्टर काठमाडौं आइपुग्यो

    काठमाडौ-नेपाल सरकारले उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर किनेको हेलिकप्टर काठमाडौं आएको छ। नेपाली सेनाले सञ्चालन गर्नेगरी खरिद गरिएको हेलिकप्टर आज काठमाडौं आइपुगेको हो।
    १ अर्ब ४० करोडमा इटालीबाट खरिद गरिएको यो हेलिकप्टर नेपाली सेनाको स्वामित्व र सञ्चालन हुने भएपनि यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।

    यसको नेपाली दर्ता नम्बर ‘नाइएन-पिएमए’ हुने छ। नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ। यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ। आठ सिट हुने यो हेलिकप्टरमा भिभिआइपी प्रायोजनका लागि सिट घटाउन सकिने छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij