काठमाडौं – सिंहदरबारभित्र रहेको पुतली बगैंचामा संघीय संसद् भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।
बुधबार प्रधानमन्त्री ओलीले भवन निर्माणस्थलमा पूजापाठसहित भवनको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा प्रधानमन्त्रीसहित प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र नेकपाका उपनेता,पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि पुगेका थिए ।
संघीय संसद् भवन निर्माणको काम तीन वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । भवन निर्माणमा भ्याटबाहेक ७ अर्ब रुपैयाँ लाग्नेछ । आफ्नै भवन नहुँदा हाल संघीय संसद् भवन भाडामा छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
