Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अक्सिन प्लान्टमा विस्फोट हुँदा दुई जना घाइते


  • बुधबार, असोज १ २०७६

  • अक्सिन प्लान्टमा विस्फोट हुँदा दुई जना घाइते

    काठमाडौं – थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ ।
    उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् ।
    प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।
    घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
    ुप्लान्ट सफा गर्ने क्रममा एक्कासि ठूलो आवाज आयो । प्लान्टमा सामान्य विस्फोट भएको रहेछु, उनले भने।
    विसं २०७६ शुरुआतसँगै सञ्चालनमा आएको सो प्लान्टबाट दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।
    स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रायः अस्पतालले आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने गर्छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij