Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रदेश सरकार ब्लुबुक नवीकरण करको दोब्बर जरिवानाबाट पछि हट्यो


  • बिहिबार, भाद्र २६ २०७६

  • प्रदेश सरकार ब्लुबुक नवीकरण करको दोब्बर जरिवानाबाट पछि हट्यो

    काठमाडौं– अन्ततः प्रदेश ३ को सरकारले सवारी साधन नवीकरण गर्दा लाग्ने जरिवाना रकम दोब्बर बढाएको भन्दै तीव्र आलोचना भएपछि घटेको छ ।
    प्रदेश तीन सरकारले यातायातसम्वन्धी व्यवस्था गर्न बनेको ऐन संशोधन गरी सवारी नवीकरण गर्दा लाग्ने जरिवाना रकम घटाएको हो ।
    सरकारले पहिले तय गरेको शत प्रतिशतसम्मको जरिवानालाई घटाएर ३२ प्रतिशतमा झारेको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्दै प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ लागू भएको घोषणा गरेको थियो ।

    यो व्यवस्थाले केही समय सवारी कर उठाउनै बन्द भयो । तर अहिले प्रदेश सरकारले ऐन संसोधन गरी ३२ प्रतिशतमा झारेको छ । प्रदेश प्रमुखको कार्यालयबाट विधेयक प्रमाणीकरण भएपछि सो ऐन राजपत्रमा प्रकाशित छ ।

    यदि सो समयभित्र सवारी कर नबुझाएको अवस्थामा म्याद नाघेको पहिलो ३० दिन सम्मलाई ५ प्रतिशत, त्यसपछिको ४५ दिनसम्मलाई १० प्रतिशत, त्यसपछिको आर्थिक वर्षको अन्त्यसम्मलाई २० प्रतिशत र आर्थिक वर्ष भुक्तान भइसक्दा पनि कर दाखिला नगर्ने सवारीधनीले ३२ प्रतिशतका दरले कर बुझाउनुपर्ने व्यवस्था छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij