Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रवि लामिछानेविरुद्ध उच्च अदालतमा दायर मद्दाको सुनाइ विहिबार


  • बुधबार, भाद्र २५ २०७६

  • रवि लामिछानेविरुद्ध उच्च अदालतमा दायर मद्दाको सुनाइ विहिबार

    काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडाइ जलासमा परेको निवेदनमाथि विहिबार मात्र सुनाई हुने भएको छ । सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको थियो ।
    निवेदनको प्रारम्भिक सुनाई मंगलबारका लागि तोकिए पनि सुनाई हुने सकेन । सरकारी वकिलको कार्यालयले हेटौँडा इजलासमा दर्ता गराएको निवेदन र जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रलाईसँगै राखेर विहिबार सुनाई गरिने भएको छ ।
    यसअघि सरकारी वकिलको कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
    चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछाने र युवराज कँडेललाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij