Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता


  • मंगलबार, भाद्र २४ २०७६

  • प्रचण्ड र चिनियाँ विदेशमन्त्रीबीच  भेटवार्ता

    काठमाडौं– सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
    भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणलगायतबारे छलफल भएको बताइएको छ ।
    भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।
    यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारकाबीचमा विगतमा भएको सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए ।
    यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij