जनकपुर – प्रदेश २ लोक सेवा आयोगका अध्यक्षमा नियुक्त भएका सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको शपथ लिएका छन्।
आइतबार नवनियुक्त अध्यक्ष यादवलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले शपथ ग्रहण गराएका हुन्।
शपथ ग्रहणपछि बोल्दै अध्यक्ष यादवले नेपालको संविधानको परिधिभित्र रही मूल्य मान्यता अनुरूप निष्पक्षपूर्वक कार्य गर्ने प्रतिक्रिया दिए।
प्रदेश लोक सेवा आयोगको अध्यक्ष यादवले भने ‘यो मेरो लागि अवसर र चुनौती रहेकोले आयोगको विश्वसनियतालाई कायम राख्ने गरी काम अगाडि बढाउने छु।’
यता आइतबार नै प्रदेश निति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोेगेन्द्र झालाई नियुक्त गरिएको छ ।
डा. हरिवंश झालाई हटाउँदै प्रदेश सरकारले निति तथा योजना आयोगको उपाध्यक्षमा भोगेन्द्र झालाई नियुक्त गरिएको हो ।
निति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि झाले नेपालमा संघियता ल्याउन प्रदेश दुईले महत्वपूर्ण योगदान गरेकोले संघियता संस्थागत गर्न भौतिक पूर्वाधार निर्माण तथा समृद्धिको परिकल्पना पूरा गर्न पनि प्रदेश दुुईले भूमिका निर्वाह गरोस मेरो चाहना रहेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
