Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनको चुनाबी सरगर्मी बढ्यो


  • बिहिबार, भाद्र १९ २०७६

  • एनआरएनको चुनाबी सरगर्मी बढ्यो

    अमेरिकाका डाक्टर केशव भोट माग्दै अस्ट्रेलियामा

    गैर आवासिय नेपाली संघ(एनआरएनए)को महाधिबेशन नजिकैदै गर्दा यसको नेतृत्वको होडबाजी पनि सुरु भएको छ । अध्यक्षमा जर्मनीका वर्तमान कुमार पन्त र बेलायतका कुल आचार्य लड्ने चर्चासँंगै महत्वपुर्ण पदमा पनि अन्य प्रत्यासीहरुको चर्चापरिचर्चा प्रारम्भ भएको छ । जसमा यतिखेर महासचिब पदमा भोट माग्दै गैर आवासिय नेपाली संघ अमेरिकाका पुर्व अध्यक्ष डा केशव पौडेल अस्ट्रेलिया आइपुगेका छन । प्रजातन्त्रबादीहरुको पुरानो संगठन नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरम(एनएडीएफ)ले बिहिबार सिड्नीमा केशव पौडेलको सम्मानमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
    कार्यक्रममा बोल्दै एनआरएन अमेरिकाका निर्वतमान अध्यक्ष केशव पौडेलले डेमोक्रयाटहरु एनआरएनमा सधै बेहुला बिनाको जन्तीझै रहेको टिपर्णी गरे । संसारभर शक्तीशाली समुहको रुपमा रहेको डमोक्रयाट एनआरएनमा भने सधै बेहुला बिनाको जन्तीझै भएका छन । बिहेमा त जान्छन जन्ती भएर तर बेहुला छान्ने काम भने गर्दैनन । उनले समुहगत रुपमा उमेदबार तयार पारेर तयारीका साथ एनआरएनमा जान सबै डेमोक्रयाटहरुलाई आग्रह गरे ।
    केशव पौडेलले एनआरएन भित्रको बिसंगतीका बिरुद्ध आफ्नो महासचिबको उमेदबारी भएको दाबि गरे । अहिले केहि ब्यक्तीको हातमा एनआरएनएको संगठन औलामा नाचिरहेको छ, उनिहरु आफ्र्नै आसेपासेहरुलाई मात्र महत्वपुर्ण पदमा जिताएर सधै राज गर्न खोज्छन अब त्यसो हुने छैन, यसै कारण पनि महासचिबमा मेरो उमेदबारी हो, केशवले सिड्नीमा सुनाए । एनआरएनको मुल मुद्दाका रुपमा रहेको दोहोरो नागरिकता कार्यान्वयन र भ्रमण बर्ष अनि शिप अनि लगानी भित्राउने कुरामा आफ्नो बिशेष भुमिका रहने केशवले बताए ।
    कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मीले एनआरएन अमेरिकाको दुइ पटक सफल नेतृत्व गरेका डा केशव पौडेल महासचिबका लागि योग्य उमेदबार रहेको र अस्ट्रेलियामा रहेको सबै एनआरएनकर्मीले उनलाई सहयोग गर्ने बताए ।
    कार्यक्रममा एनआरएन अस्ट्रेलियाका निर्वतमान अध्यक्ष गेणेश केसी, सुरेन्द्र सिग्देल ,आइसीसीकी पुर्व प्रवक्ता रन्जु थापा , पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ , एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष नन्द गुरुङ , एनएडीएफका पुर्व अध्यक्षहरु बालचन्द्र भट्टराइ , दिनेश जोशी, डिल्ली ढकाललगायतले केशवको सफलताको शुभकामना प्रदान गरेका थिए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, युवा संयोजक इर्शाद अहमद , तनहुँं समाजका सुर्य खनाल , चितवन समाजका अध्यक्ष छबी सापकोटा, जनसम्पर्कका अभियन्ता प्रेम सापकोटा,एनएडीएफका सचिब थानु शाक्य, रामजी बस्नेत लगायतले केशव पौडेलको चुनाबी अभियानको सफलताको कामना गरेका थिए । कार्यक्रममा एनएडीएफका अध्यक्ष विवेक थापाले संसारभर छरिएर रहेका डेमोक्रयाट परिबार बिच एकता हुने हो भने कुनै पनि प्रवासी संघ संगठनको नेतृत्वको चाबी अरुको हातामा नजाने पक्का रहेको बताए ।
    एनएडीएफका अध्यक्ष विवेक थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिब माधव गैरैले कार्यक्रम सन्चालन गरेका थिए भने उपाध्यक्ष सुरेन्द्र सापकोटाले स्वागत र उपाध्यक्ष पुर्ण घिमिरेले धन्यबाद ब्यक्त गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij