तिज बिशेष, दशै बिशेष अनि आकर्षक रकम जस्ता शिर्षकमा फेसबुक र भाइबरमा हुन्डीको बढाबढको दृष्य अस्ट्रेलियाका लागि नौलो रहेन । याँहा फेसबुक ,भाइबर र ह्वाट्सअप मार्फत पैसा उठाउने र नेपालमा मान्छे राखेर हुन्डी चलाउदै आएको देखिन्छ । अस्ट्रेलिया लगायतका केहि मुलुकहरुवाट नेपाल पठाइने पैसा प्रकृयागत रुपमा बैद्य देखिएको छैन । यतिखेर लिलाम बढाबढझै सामाजिक सन्जालहरुमा मनी ट्रान्सफरका आकर्षक नारा सहितका पोष्टरहरु जताततै देखिन्छन । यस्ता सामाजिक सन्जालमार्फत गरिएका कतिपय कारोबारवाट कयैन बिध्यार्थी ठगिएका सयौ दृष्टान्तहरु पनि छन अहिले ।अस्ट्रेलिया,न्युजिल्यान्ड, जापान कोरिया लगायतका देशहरुवाट बिदेशमा पैसा पठाउन कानुनी रुपमा वैद्य रहेपनि पठाउने र पाउनेको नाम सहित बिधिवत जाने रकमहरु सम्वन्धित ठाउँंसम्म नपुग्ने हुनाले यसलाई नेपालजस्ता मुलुकमा हुण्डी अर्थात अवैद्य कारोबारका रुपमा चिनिन्छ । याँहावाट नेपाल पठाउने पैसा नेपालको कुनैपनि बित्तीय निकाय मार्फत जाने हो भने मात्र त्यो विधिवत रुपमा प्रकृयागत मानिन्छ ।

भर्खरै नेपालका एन्टी मनी लन्डरिङका नेपाल प्रमुख समेत यसै बिषयको सिलसिलामा अस्ट्रेलिया समेत आएका थिए । तर उनको बसाइ क्यानबेरामा सिमित बन्न पुगेको थियो ।
अस्ट्रेलियन ट्रान्जेक्सन रिर्पोर्टस एन्ड एनलाइसीस सेन्टर (अस्ट्रयाक)ले पनि पछिल्ल दिन दर्ता नभएका तर सामाजिक सन्जाल मार्फत आर्थिक कारोबार गर्दै आएका साना हुन्डीवालमाथि निगरानी कडा बनाएकोे छ । राज्यले बिधिवत रुपमा पैसा पठाउने प्रकृयालाई सहज रुपमा वाटो नबनाएको कारण पनि हुण्डी ब्यापारीहरुको अपार धन्दा शानदार रुपमा चलेको हो । हाल अस्ट्रेलियामा दर्ता भएर चलेका तथा सामाजिक सन्जाल मार्फत हुन्डी गर्नेहरुको संख्या करिब तिन दर्जन रहेको छ । स्मरण रहोस अस्ट्रेलियावाट दिनहुँं करिब तिन देखि चार करोड रुपैया अवैध रुपमा नेपाल भत्रिने गर्दछ । नेपाल प्रहरीेले पनि अस्ट्रेलिया, कोरिया, जापानजस्ता देशहरुवाट निर्वाध रुपमा गरिने हुन्डीलाई नजिकवाट नियाले पनि कानुनी दायरामा ल्याउन सकेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
