काठमाडौं – एटीएमबाट पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।
आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
