नेपाली फुटबल टोलीलाई एनआरएनले सघाउने
एनआरएन अस्ट्रेलियाको नव निर्वाचित कार्यसमितीको पहिलो बैठक बिविध निर्णय गर्दै सम्पन्न भएको छ । औपचारिकतामा सम्पन्न हुने पहिलो बैठक भएपनि यसमा केहि महत्वपुर्ण शन्देश जाने खाले केहि निर्णय लिएर अगाडि बढेका छौ , एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । संस्थाका अध्यक्ष केशव कडेंलको अध्यक्षतामा सम्पन्न बैठकले निर्वतमान कार्यसमितीलाई बधाइ ज्ञापन गर्नुका साथै आउँंदो अक्टोबर १० मा क्यानबेरामा आयोजना हुने बिश्वकप छनोट चरणमा नेपालको राष्ट्रिय टोलीलाई हौसला प्रदान गर्न र उनिहरुलाई केहि अघि यँंहा ल्याइ हावापानी र बाताबरण अनुकुल बनाउन युवा संयोजक इर्शाद अहमदको संयोजकत्वमा समिती गठन गर्ने निर्णय गरेको छ । समितीमा सन्चारकर्मी हेमन्त काफ्ले ,महासचिब ज्ञानेन्द्र रेग्मी,उपाध्यक्ष देब गुरुङ, कोषाध्यक्ष अनिल पोखरेल, पुर्व उपाध्यक्ष नन्द गुरुङ रहेका छन ।
पहिलो बैठकले टुवाम्बामा सन्चालीत नेपाली भाषा पाठसालालाई आवश्यक मसलन्द खरिदका लागि एक हजार डलर सहयोग गर्ने र युवाहरुको सहभागिता र सदभाव बढाउन १२ हजार डलर बराबरको स्पोर्टस फन्डको बिनियोजन गरेको महासचिब रेग्मीले बताए ।
यसरि नै नेपाल भ्रमण बर्ष २०२० को पुर्ब सन्ध्यामा आयोजना हुदै गरेको बिश्वकप छनौट चरणको अस्ट्रेलियाबिरुद्धको खेलका लागि नेपाली राजदुताबाससंग समन्यवय गरि प्रभाबकारी ढंगले अगाडिब ढाउन एनआरएन एसीटिको तर्फबाट चुडामणि सापकोटाको नेतृत्वमा कार्य अगाडी बढाउन बैठकले निर्णय गरेको छ । एनआरएनए अष्ट्रेलिया फाउन्डेसन र नेपाली डायस्पोरा पोलिसी इन्स्टिच्युटका कार्य छिटो संचालन गर्न र प्रभाबकारी बनाउने हेतु छिट्टै वर्कशपको आयोजना गरिने निर्णय समेत गरिएको महासचिब ज्ञानेन्द्र रेग्मीले जानकारी दिए । उक्त वर्कशपमा बिविध बिषयका बिज्ञहरु लाई सहभागी गराई कार्ययोजाना तय गरिने भएको छ । यसै गरि एनआरएनए अष्ट्रेलियाका रसदस्यहरु लाई बिबिध बिषयमा सहुलियत योजना लागु गर्ने उदेश्य सहित संस्थाकी सचिब उषा किरण बारिया पोख्रेलको संयोजकत्वमा समिती गठन गरिएको छ उक्त टिमको सहसंयोजकमा संस्थाका कोषाध्यक्ष अनिल पोख्रेल छन्। उक्त टिमले छिटै यसका बारेमा अध्यन प्रतिवेदन तयार गर्ने छ ।
पहिलो बैठकले गर्ने भनिएको मनोनयन र सल्लाहकार नियुक्ती भने आवश्यक परामर्श र तयारी नपुगेको भन्दै समितीले प्रस्ताबका रुपमा ल्याउन नचाहेको बैठकमा सहभागि एक
निर्देशकले बताए । मनोनयनमा अन्य बिषयमा टुंगो लागेपनि प्रवक्ताको बिषयमा भने अझै टुंगो लाग्न नसक्दा मनोनयनलाई पछि सारिएको हो । केहि बिवाद र मुद्दा मामिलामा फसेपनि आरोप लागउनेहरुले मुद्दा फीर्ता लिएपछि एनआरएन आफ्नो नित्यकर्म र प्रकृयामा अगाडि बढेको हो । राष्ट्रको प्रगती उन्नतीमा मरिमेटने प्रवासी समाजको पहिलो कर्तब्यको रुपमा अस्ट्रेलियासँंग खेल्न आउँंदै गरेको नेपाली राष्ट्रिय फुटबल टोलीको हौसला बढाउनु पनि हो त्यसैले हामीले यसलाई प्राथमिकतामा राखेर पहिलो बैठकमा सम्वोधन गर्ने प्रयास गरेका छौ, महासचिब ज्ञानेन्द्रले सुनाए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
