Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा भेटियो


  • शुक्रबार, भाद्र १३ २०७६

  • चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्थामा  भेटियो

    चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको पश्चिमी क्षेत्र मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
    गैंडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको यो नै पहिलो गैंडा हो । गत बर्ष यहि समयमा चार गैंडा मरेका थिए । गैंडाको औसत आयु ३५ देखि ४० बर्षको हुने गरेको छ ।
    गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा सर्वाधिक धेरै ४३ गैंडा मरेका थिए । निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जमा यस बर्ष गैंडा गणना गर्ने कार्यक्रम छ । त्यसका लागि सरकारले १ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij