Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आइपिएस तालिममा इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट


  • बिहिबार, भाद्र १२ २०७६

  • आइपिएस तालिममा इन्सपेक्टर कृष्ण खड्का उत्कृष्ट

    काठमाडौं – भारतको हैदरवादस्थित सरदार बल्लभ भाई पटेल नेशनल पुलिस एकेडेमीमा भएको आइपिएस (इन्डियन पुलिस सर्भिस) तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्ण खड्का उत्कृष्ट भएका छन् ।
    १३ महिने लामो तालिममा आउट डोर विधामा इन्सपेक्टर खड्का उत्कृष्ट भएका हुन् । उत्कृष्ट भएका खड्कालाई भारतका गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए ।
    सो तालिममा नेपाल प्रहरीबाट ५ जना इन्सपेक्टर सहभागि भएका थिए । खड्कासँग इन्सपेक्टरहरु बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए ।
    यस्तै भुटानबाट ६ जना, माल्दिभ्सबाट ४ जना, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए ।
    यसअघि सो तालिममा इन्सपेक्टर राजेशराज पुरी र रद्यु सिंह विष्ट पनि उत्कृष्ट भएका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij