Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?


  • सोमबार, भाद्र ९ २०७६

  • किन चलाइयो आठ इँटा उद्योगमा डोजर ?

    स्थानीय नागरिकको स्वास्थ्य र वातावरणलाई प्राथमिकता दिँदै नमोबुद्ध नगरपालिकाले आइतबार आठ उद्योगमा डोजर चलायो।
    नगरपालिकाको यस कार्यलाई क्रान्तिकारी कदम भन्दै ठूलो समुदायले प्रशंसा गरेको छ भने इँटा उद्योगका लगानीकर्ता र आश्रितहरूले व्यवसायी मार्ने काम भन्दै आलोचना गरेका छन्।
    इँट्टा उद्योगहरू बन्द गर्न व्यवसायीले आफ्नै सम्झौता उल्लंघन गरेपछि नमोबुद्ध नगरपालिकाले भट्टाका चिम्नीमा डोजर चलाएको हो।‘वातावरण मैत्री हुन पटक–पटक दिइएको अल्टिमेटम नमानेकै कारण अघिल्लो वर्ष नै भट्टा बन्द गर्ने निर्णय गरेका थियौं’, नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भने, ‘हामी निर्वा्चित भएर आएको पहिलो बैठकले सबै उद्योग बन्द गर्ने र नयाँ अनुमति नदिने निर्णय गरेको थियो।’

    २०७४ साल जेठमा निर्वा्चित जनप्रतिनिधिको पहिलो बोर्ड बैठक भदौ ११ गते बसेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न पटक–पटक गरेको अनुरोधलाई व्यवसायीहरूले लत्याउँदै आएका थिए। बरु नगरपालिकाको अनुमतिबिना अन्य उद्योगहरू धमाधम सञ्चालन भएका थिए। मरिसकेका व्यक्तिको नाममा रहेको उद्योग पनि नामसारी गरी सञ्चालनमा आयो। यो समाचार आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij