Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भवन भट्ट माथी बिमानस्थलमा दुरव्यवहार


  • आइतबार, भाद्र ८ २०७६

  • भवन भट्ट माथी बिमानस्थलमा दुरव्यवहार

    सिंगापुर यात्रामा जान लागेका गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट माथि काठमाण्डौं विमानस्थलमा र्दुव्यवहार भएको छ । निजी काम तथा प्रधानमन्त्रीको स्वास्थलाभको कामनाका लागि शनिवार सिल्क एयरवेज मार्फत सिंगापुर जान लागेका भट्टलाई एयरवेजका कर्मचारीले र्दुव्यवहार गरेको उनीसंगै यात्रामा रहेका सन्चारकर्मी सनत न्यौपानेले जानकारी दिएका छन् ।
    न्यौपानेले एनआरएन अध्यक्ष भवन भट्टलाई विमानस्थलबाट र्फीर्ता पठाइएको अफबाह भन्दा पनि एअरलाइन्सका कर्मचारीले दुब्र्यबहार गरेको बिषय गम्भीर रहेको बताए ।
    ।न्यौपानेका अनुसार आवश्यक सम्पुर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भट्टलाई क्याप्टेनले अचानक आएर भट्टलाई लिएर विमान उडान गर्न नसक्ने वताएका थिए ।भट्ट माथि एयरवेजद्धारा कर्मचारीले गरेको व्यवहार प्रति त्यहाँ उपस्थित प्रहरी समेत चकित परेका थिए । भट्टले प्रधानमन्त्रीसंगको भेटघाटतय भएको कारणले मादक पदार्थ सेवन नगरेको न्यौपानेले दावी गरे । उनले गैर आवासिय नेपाली संघको अध्यक्षका रुपमा प्रतिष्ठा कमाएका भट्टको चरित्रहत्या गर्ने खालको समाचार पस्केर उनिभाथि भएको दुब्र्यबहारलाई छोपने प्रयास गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij