Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सत्तामा गएपछि प्रतिवद्धता र योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्छ -अध्यक्ष प्रचण्ड


  • शुक्रबार, भाद्र ६ २०७६

  • सत्तामा गएपछि प्रतिवद्धता र योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्छ -अध्यक्ष प्रचण्ड

    काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने सम्भावना रहेको बताएका छन् ।
    अअज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याएका हुन् ।
    कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुँदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए । पूर्वी युरोप, सोभियत संघको उदाहरण दिँदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन सिद्धान्तको कार्यशैली विर्सन नहुने बताए ।
    उनले भने, ‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता देखिएपछि । यिनलाई पनि लखेठ्नपर्छ भन्ने यो विडम्बना हामीले देखियो इतिहासमा । हामीकहाँ पनि यसो हेर्दा लक्षण चाही । कुरा बुझ्नु भयो नि । सिस्टम चाही कता–कता त्यस्तै देखिने ।’
    उनले दुई पार्टी मिलेर बनेको ठुलो पार्टीभित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्टी समेत जनाए । विगतमा जनताका समस्या बोध गर्ने, अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासन हिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृत्ति बढेको टिप्पणी उनले गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij