काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने उनको निजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जनाएकी हुन् ।
प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको र एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण गर्ने उपाचार विधिलाई निरन्तरता दिन पुनः सिंगापुर जानुपरेको उनको निजि चिकित्सकले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री ओली थाई एयरबाट पत्नी राधिका शाक्य र निजी चिकित्सक सिंहसहित सिंगापुर गएका छन् । ओलीको उपचार खर्च सरकारबाट नव्यहोरिने र निजी खर्चमै सबै उपचार गरिने सचिवालयले जनाएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
