Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रुकुम जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा तिन जना घाइते


  • बुधबार, भाद्र ४ २०७६

  • रुकुम जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा तिन जना घाइते

    दाङमा – बुधबार बिहान भएको बस दुर्घटनामा परि ३ जना घाइते भएका छन् । काठमाडौंबाट आउँदै गरेको बा ४ ख १७३२ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. ५ कुमलरोडमा दुर्घटनामा परेको हो ।
    काठमाडौंबाट रुकुम जाँदै गरेको उक्त रात्री बस बिहान साढे ७ बजेतिर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
    बसमा कुल २५ यात्रु रहेकोमा ३ जना मात्रै घाइते भएको र सबैको उद्धार गरि अस्पताल पुर्याइ सकिएको प्रहरीले बताएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij