Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सरकारद्वारा १६ सचिवको सरुवा


  • बुधबार, भाद्र ४ २०७६

  • सरकारद्वारा १६ सचिवको सरुवा

    काठमाडौ-सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले ति सचिवहरुको सरुवा गरेको हो । हालै विभिन्न मन्त्रीहरुले सचिवहरुसँग वर्षभरी गर्ने कामका लागि करार सम्झौता गरेपनि उनीहरुको सरुवा गरिएको हो ।

    भूमिसुधार व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयका सचिव सूर्य गौतमलाई भूमिसुधार मन्त्रालय सरुवा गरिएको छ ।

    वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयबाट सचिव मोहनकृष्ण सापकोटालाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव बेगेन्द्रराज शर्मा पौडेललाई वित्त आयोगमा र विक्त आयोेगका सचिव वैकुण्ठ अर्याललाई वाणिज्य तथा आपूर्ति मन्त्रालयहमा सरुवा गरिएको छ ।

    राष्ट्रिय सर्तकता केन्द्रका सचिव माधव बेलवासेलाई खानेपानी मन्त्रालयमा ल्याइएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रामप्रसाद थपलियालाई युवा तथा खेलकुद मन्त्रालयमा ल्याइएको छ ।

    यता ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव सञ्जय शर्मालाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयबाट सचिव खगराज बराललाई स्वास्थ्य मन्त्रालय तानिएको छ ।

    श्रम मन्त्रालयका सचिव महेश दाहाललाई शिक्षा मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव डा.हरि पौडेलाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

    यता लोकसेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तानिएको छ । प्रदेश ३ को प्रमुख सचिव रहेका आनन्द ढकाललाई लोकसेवा आयोगको सचिवमा सरुवा गरिएको छ भने प्रदेश ५ को प्रमुख सचिवका रुपमा रहेका तीर्थ ढकाललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij