Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रौतहटबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


  • सोमबार, भाद्र २ २०७६

  • रौतहटबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

    रौतहट – रौतहट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । रौतहटबाट चोरिएका मोटरसाइकल बाराको कोलहवीमा स्वरुप परिवर्तन गर्ने ग्यारेज पनि फेला पारेको छ ।
    चार दिनअघि रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएको एउटा मोटरसाइकलको खोजी गर्दै जाँदा रौतहट प्रहरीले ३ जनाको गिरोहलाई पक्राउ गरेको हो ।
    साउन ३१ गते राती २ बजे वृन्दावन नपा–३ का सोनालाल प्रसाद यादवको ना४६प २२८२ नम्बरको २२० सिसीको कालो रंगको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
    सोही घटनाबारे जिल्ला प्रहरी कार्यालय गौरमा दिएको जानकारी र बिषेश सूचनाको आधारमा घटनाको भोलिपल्ट साउन ३२ गते खटिएको अपराध अनुसन्धान टोली र स्थानीय प्रहरीको सहयोगमा बाराको कोलहवी–९ श्रीपुरस्थित एउटा ग्यारेजमा छापा मारेको थियो ।

    छापा मार्ने क्रममा ग्यारेजमा मोटरसाइकलको पार्टपुर्जा परिवर्तन गर्ने चोर गिरोहमध्ये तिनजनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । पक्राउ पर्ने तिनैजना मोटरसाइल चोरहरु रहेको खुल्न आएको छ ।
    रौतहट फतुआ विजयपुर–११ का १९ वर्षीय कमल चौधरी, सोही ठाँउका २३ वर्षीय अरुण चौधरी र २७ वर्षीय अकिलेश चौधरी पक्राउ परेको जिल्ला प्रहरी ले जनाएको छ ।
    पक्राउ परेका चोरीका आरोपीहरुले रौतहटबाट ३ वटा मोटरसाइकल चारेी गरेको स्वीकारेको छन् । उनीहरुले गत असार १९ गते चन्द्रपुर–४ बाट ना ६२प९४९० नम्बरको कालो रंगको २२० सिसिको पल्सर मोटरसाइकल चोरेको प्रहरी समक्ष बयान दिएका छन् ।

    यस्तै गत साउन २९ गते सोही ठाँउ बाट ०२३–००१ प ४२२० नम्बरको १५० सिसिको कालो पल्सर र मौलापुरस्थित इन्द्रधनुुष पेट्रोलपम्प अगाडीबाट बिआर ३०यु६६०६ नम्बरको १५० सिसिको कालो पल्सर चोरेर ल्याएको स्विकार गरेका छन् ।

    उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याउने र मोटरसाइकलको स्वरुप परिवर्तन गरी नक्कली भारतीय नम्बर बनाएर बेच्ने गरेको खुलेको छ । कतिपय मोटरसाइकलको पार्टपुर्जा खोलेर बेच्ने गरेको समेत पाइएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij