Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार आत्महत्या प्रकरण : लामिछानेसहित तिन जना पक्राउ गर्ने प्रहरीको तयारी


  • बिहिबार, साउन ३० २०७६

  • पत्रकार आत्महत्या प्रकरण : लामिछानेसहित तिन जना पक्राउ गर्ने प्रहरीको तयारी

     

    काठमाडौं –पत्रकार शालिकराम पुडाशैनीको ‘आत्महत्या’ प्रकरणलाई लिएर प्रहरीले चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पक्राउ गर्ने अन्तिम तयारी पुरा गरेको छ । पुडासैनीले आफ्नो सुसाइट भिडियो सन्देशमा पटक -पटक लामिछानेकै कारणले आत्महत्या गर्नु परेको देखिएपछि प्रहरीले छानविनका लागि उनलाई पक्राउ गर्न लागिएको नेपाल प्रहरीको उच्चस्रोतले राष्ट्रपुकारलाई जानकारी दिएको छ ।
    लामिछानेका पूर्वसहकर्मी समेत रहेका पुडासैनीले चितवनको कंगारु होटलबाट भिडियो सन्देशमा आफ्नो आत्महत्याको कारण खुलाउँदै लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्कीको कारणले नै आफुले आत्महत्या गरेको प्रष्ट बताएका छन् ।
    लामिछानेसगैं कंडेल र कार्कीलाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिने तयारी गरेको छ । चितवन प्रहरी र केन्द्रीय अनुुसन्धान व्युरोले घटनाको अनुसन्धनन गरिरहेको छ । आज (विहिबार) मौखिक रुपमा उपस्थित हुनका लागि आदेश दिने र नमाने कानुनी प्रक्रिया पुर्याएर गिरफ्तार गरिने प्रहरी स्रोतको भनाई छ । लामिछानेलाई गिरफ्तार गरेपछि उत्पन्न हुने विरोध र प्रतिक्रियाको बारेमा पनि प्रहरीले विश्लेषण गरिरेको बताइएको छ ।
    पछिल्ला दिनमा टेलिभिजन कार्यक्रम मार्फत चर्चा कमाएका लामिछाने विवाद मुक्त भने छैनन् । पत्रकार पुडासैनीले लामिछानेले टेलिभिजन कार्यक्रम मार्फत विभिन्न उद्योगी व्यवसायीलाई धम्क्याएर करोडौ रुपैया असुल्ने गरेको गम्भिर आरोप समेत लगाएका छन् ।
    के छ कानुनी ब्ययवस्था ?
    अभियोग प्रमाणित भएमा उनीहरुलाई पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिवाना हुन सक्नेछ । मुलुकी अपराध संहिता, २०७४ मा यस्तो घटनामा निम्न उल्लेखित कानुनी व्यवस्था छ ।

    मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ आत्म हत्या गर्न दुरुत्साहन दिन नहुनेः (१)कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिती खडा गर्न वा गराउनु हुदैन ।
    (२) उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष सम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
    प्रमाण ऐन, २०३१ को दफा ११ मरेको व्यक्तिले होस छदै व्यक्त गरेको कुराः कुनै मरेको व्यक्तिले आफु मर्न लागेको अवस्थामा होस छँदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ।

    अधिवक्ता  भक्तिराम घिमिरेका अनुसार डाइङ  डिक्लेरेशन गर्दा मर्ने व्यक्तिले गरेका कुरा अदालती प्रमाण मानिन्छ । यस्तो सन्र्दभमा पनि आर्कषित हुने देखिन्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij