Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ट्राफिक प्रहरीको भ्यानको ठक्करबाट एकको मृत्यु


  • बुधबार, साउन २९ २०७६

  • ट्राफिक प्रहरीको भ्यानको ठक्करबाट  एकको मृत्यु

    काठमाडौं – महानगरीय ट्राफिक महाशाखाको आकस्मिक निरीक्षण टोली सवार भ्यानले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
    महाशाखाको बा १ झ ७८६६ नम्बरको गाडीले राति ११ः१० बजे गएराति काटेश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएका थिए ।
    उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याइए पनि बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij