Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवलपरासीमा ट्रकको ठक्करले पुल भासिँदा राजमार्ग अवरुद्ध


  • बुधबार, साउन २९ २०७६

  • नवलपरासीमा ट्रकको ठक्करले पुल भासिँदा राजमार्ग अवरुद्ध

    नवलपरासी – पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाले जनाएको छ ।
    पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।
    पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij