Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नुवाकोटमा बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु


  • मंगलबार, साउन २८ २०७६

  • नुवाकोटमा बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर दुई जनाको मृत्यु

    वाकोट – बालुवा उत्खनन गर्दा परेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार दुई जनाको मृत्यु भएको छ । ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैध रूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनीता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
    नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार सोमबार साँझ ५ः३० बजेतिर खोलाकिनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो ।

    स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij