Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वन अधिकृत तीन लाख घूससहित पक्राउ


  • सोमबार, साउन २७ २०७६

  • वन अधिकृत तीन लाख घूससहित  पक्राउ

    काठमाडौ- अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले रु तीन लाख घुससहित एक सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ।
    डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडाबाट सब-डिभिजन कार्यालय बीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आइतबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत डिसीलाई तीन लाखसहित नियन्त्रणमा लिइएको हो।
    विशेष सूचनाका आधार आयोगको कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले आरोपित डिसीबाट रु तीन लाख २६ हजार रकम बरामद गरिएको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए।
    ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले ती ठेकेदारबाट पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेपछि उक्त रकम ठेकेदारले जम्मा गरेको विष्टले बताए।
    उनले भने, ‘अरू पैसा निकालेर यताउता पारिसकिएको रहेछ।’ अख्तियारको टोलीले रु तीन लाख २६ हजार मात्रै बरामद गरेको सूचना अधिकारी विष्टले जानकारी दिए। उनका अनुसार प्रहरी नायब उपरीक्षकको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारल जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij