भक्तपुर – भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सोही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो।
ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका ६ का दीपकराज ठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
