काठमाडौं- नेपाली सेनाका बहालवाला मेजरलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
सुनसरीको इटहरीबाट सेनाका बहालवाला मेजर अजितप्रतापसिंहसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लालीको धनगढी नगरपालिका २ घर भएका सिंहलाई लागू औषध कारोबार गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरी लागू औषध ब्यूरोले जनाएको छ ।
विशेष सुराकीको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
