Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल एयरलाइन्स सुधार गर्न पाँच सदस्यीय कार्यदल


  • बुधबार, साउन २२ २०७६

  • नेपाल एयरलाइन्स सुधार गर्न  पाँच सदस्यीय कार्यदल

    काठमाडौं -संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन कार्यदल गठन गरेको छ ।
    बुधबारको मन्त्रीस्तरीय निर्णयबाट पूर्वसचिव सुशिल घिमिरेको संयोजकत्वमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई रहेको कार्यदल गठन भएको छ । पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न भनिएको छ ।
    अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।
    कार्यदलाई तोकिएका जिम्मेवारीमा नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने छन् ।
    यस्तै, सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न तथानिगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने भनिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij