Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त


  • आइतबार, साउन १९ २०७६

  • त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल नियुक्त

    काठमाडौ- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा लालुप्रसाद पौडेल नियुक्त भएका छन्। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुगर्भ विभाग प्रमुख पौडेललाई शनिबार अध्यक्षमा नियुक्त गरेका हुन्। पर्वतका पौडेल सत्तारूढ नेकपा निकट हुन्।
    आयोगको सदस्यमा त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक योजना समितिका हेमराज ढकाल नियुक्त भए।
    सहकुलपतिसमेत रहेका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल संयोजत्वको सिफारिस समितिले दिएको नाम अनुसार नै प्रधानमन्त्रीले उनीहरुलाई नियुक्त गरेका हुन्।
    तत्कालीन अध्यक्ष चैतन्य शर्मालाई नम्बर थपघट आरोप लागेपछि एक महिनादेखि आयोग नेतृत्वविहिन थियोे।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij