काठमाडौं – प्रतिपक्षी दलले निरन्तर रुपमा प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्न थालेपछि सभामुख कृष्णबहादुर महराको पहलमा सर्वदलीय बैठक शुरु भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा सत्तापक्षी दल नेकपाका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देवप्रसाद गुरुङ र सचेतक शान्ता चौधरी सहभागी लगायत छलफलमा सहभागी छन् ।
यस्तै कांग्रेसको तर्फबाट संसदीय दलको उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, सचेतक पुष्पा भुषाल र सांसद मिनेन्द्रप्रसाद रिजाल लगायतले छलफलमा भाग लिएका छन् । यता राजपाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव, सदस्य महन्त ठाकुर, सचेतक लक्ष्मणलाल कर्ण, समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले गएको असार २४ गतेदेखि सर्लाहीमा भएका २ घटनाको विषयमा अनुसन्धानका लागि संसदीय छानविन समिति गठनको माग गर्दै सदन अबरोध गरिरहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
