काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरुसंग छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ गरेका छन् । बुधबार सिंहदरबारमा सबै मन्त्रीहरु र प्रधानमन्त्रीवीच भएको सम्झौताहरुको अवधि एक आर्थिक वर्ष, अर्थात ०७७ साल असार मसान्तसम्म छ ।
प्रधानमन्त्रीले मन्त्रीहरुसँग लिखित सम्झौता गरेको नेपाली राजनीतिमा नयाँ कदम भएको प्रशासन मामिलाका जानकार बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र सम्बन्धित मन्त्रालयका मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा ‘सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कार्यहरु गर्ने’ भनिएको छ । हरेक मन्त्रीलाई त्यसबाहेकका थप कार्यसमेत गर्ने गरी सम्झौतामा हस्ताक्षर गराइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
