Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अस्ट्रेलियाको कार दुर्घटनामा दुइ नेपालीको मृत्यु


  • मंगलबार, साउन १४ २०७६

  • अस्ट्रेलियाको कार दुर्घटनामा दुइ नेपालीको मृत्यु

     

    अस्ट्रेलियाको सिड्नीमा अध्यनरत नेपाली बिध्यार्थीहरुको एक समुह स्नोइ माउन्टेनमा हिउ खेल्न जाने क्रममा कोमामा कार दुर्घटना हुँंदा दुइ जनाको मृत्यु भएको छ । पाँंच जना सवार गाडीमा अगाडि सिटमा बसेकी स्याङ्जा वालिङ नगरपालीका १० की समिक्षा सुबेदी र गल्याङ नगरपालीका ६ का गोपाल भण्डारी रहेका छन ।
    सिड्नीवाट शनिबार साझपख हिडेको नेपाली बिध्यार्थीहरुको एक टोली राती उडन रिजर्भमा गएर क्याम्पीङ गरेर बसेको थियो । पन्ध्र जना बिध्यार्थीहरुको समुह तिन वटा कारमा हिउ खेल्न सिड्नीवाट स्नोइ माउन्टेन गएका थिए । उनिहरु राती उडन रिजर्भमा गएर क्याप्प गरी बसे तर सोही समुहको एउटा टोली भने रातको दुइ बजे तिरनै उठेर एउटा कारमा स्नोइ माउन्टेन तिर लागेको थियो । सोही समुहको कार बिहान पखको तिन बजे तिस मिनेटजाँंदा दुर्घटनामा परेको थियो । घाइते तिनजना बिध्यार्थीहरुमा अस्वीन कडेंलको अवस्था गम्भीर नरहेको र उनाई कोमा हस्पीटलवाट डिस्चार्ज समेत गरिएको छ ।
    संगित देबकोटा र चालक सागर भट्टराइको भने क्यानबेरा हस्पीटलमा उपचार भैरहेको छ । नेपाली राजदुतावासका कार्यवाहक राजदुत दु्रपदा सापकोटाले दुबै मृतक बिध्यार्थीको लास पठाउने तयारी भैरहेको बताइन । उनले हाल दुबै बिध्यार्थीको लास फोरेन्सीक जाँंचका लागि हस्पीटलमै रहेको र उनिहरुले हस्तान्तरण गरे लगत्तै आगामी शुक्रबार या शनिबार नेपाल पठाउने तयारी गरिरहेको बताइन । कार्यबाहक राजदुत सापकोटाले बिध्यार्थीहरुको दुर्घटना बढ्दैजाँंदा घर परिबार र सम्वन्धित निकायमा पर्न गएको पीडालाई मध्यनजर गरेर अन्य बिध्यार्थीहरु सचेत भइदिन र लापरबाही नगर्न समेत अनुरोध गरिन । हामीले बिमा कम्पनीसँंग कुराकानी गरेका छौ, सम्भवत त्यसैवाट उनिहरुको खर्च गरिने उनले बताइन । समिक्षा सुबेदी सिड्नीको क्वीन्सफोर्ड कलेजमा अध्यनरत थिइन भने भण्डारी भने एटीआइटीमा पढीरहेको दुतावासले जनाएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij