Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गुल्मीमा पहिरोले घर पुर्दा ६ जनाको मृत्यु


  • मंगलबार, साउन ७ २०७६

  • गुल्मीमा पहिरोले घर पुर्दा ६  जनाको मृत्यु

    गुल्मी – सोमबार साँझदेखि परेको अविरल वर्षाले पहिरो जाँदा गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ मा ६ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता भएका छन् ।
    सत्यवती ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीयले बताएका छन् ।
    स्थानीयका अनुसार ९ जना मध्ये ४ जनाको शव फेला परेको छ भने ५ जना बेपत्ता छन्।
    गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरो जाँदा स्थानीय ३० वर्षिय तिलकुमारी तरामु र उनका १० वर्षिय छोरा दर्शन तरामुको मृत्यु भएको छ ।
    मङ्गलबार बिहान ४ बजे घरमा सुतीरहेको अवस्था माथिबाट पहिरो झरी तीन घरहरु बगाएर करिब ५० मिटर तल पुराएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij