Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनगढीमा शक्तिशाली बम विस्फोट हुँदा ५ जना घाइते


  • बिहिबार, साउन २ २०७६

  • धनगढीमा शक्तिशाली बम विस्फोट हुँदा ५ जना घाइते

    कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका -३ चटकपुरस्थित निलम होटल अगाडि शक्तिशाली बम बिस्फोट भएको छ। बिहीबार साँझ ७ बजेतिर भएको बिस्फोटमा परी पाँच जना घाइते भएका छन्।
    घाइतेहरुको स्थानीय मेट्रो अस्पतालमा उपचार भइराखेको छ।  घाइतेहुनेहरुमा केशवराज पाण्डे,  राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन् ।  त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ । घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij