Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि फेरि दरखास्त आह्वान


  • बुधबार, साउन १ २०७६

  • चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि फेरि दरखास्त आह्वान

    काठमाडौं – चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि दरखास्त माग्दै दोस्रो पटक सूचना निकालिएको छ। पहिलोपटक असार ९ मा सूचना निकालिएको थियो । त्यो बेलामा ६ जनाले दरखास्त दिएका थिए।
    दरखास्त दिएका सबै उम्मेदवार योग्य हुने नदेखिएपछि लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वको उम्मेदवार सिफारिस समितिले मंगलबार फेरि सूचना निकालेर दरखास्त मागेको छ।
    सिफारिस समितिले तीन जना योग्य उम्मेदवारको नाम सरकारलाई उपलब्ध गराएपछि उनीहरुमध्येबाट एक जनालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने कार्यविधि बनेको छ। आयोगका उपाध्यक्षका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त मागिएको हो।
    साउन १५ सम्म पुनः दरखास्त दिन सकिने उल्लेख गर्दै समितिले आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा सूचना प्रकाशित गरेको हो।

    हेर्नुस दरखास्त सम्बन्धी सूचना

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij