Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

विपी राजमार्गको कारुणीक कथा, राज्य विहिनताको चरम नमुना (फोटो फिचरसहित)


  • आइतबार, असार २९ २०७६

  • विपी राजमार्गको कारुणीक कथा, राज्य विहिनताको चरम नमुना (फोटो फिचरसहित)

    काठमाडौं – २०१५ सालमा कांग्रेसका संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा दुई तिहाईको सरकार बन्यो । सरकार गठनको छोटो समयमा मुलुकको तस्बिर बदलिने प्रष्ट संकेतसहितका काम सुरु भए । त्यहि काम मध्ये एउटा थियो । धुलिखेल बर्दिवास राजमार्ग । २०१७ सालमा सरकार अपदस्त भयो र त्यो राजमार्ग पनि लामो समयका लागि ओझेलमा पयो ।


    २०४६ सालको परिर्वतन पछि राजमार्गको विषयले महत्व पायो । राजमार्गका परिकल्पनाकार विपीकै नामबाट बाटो बन्ने भयो । जापान सरकारको सहयोगमा बनेको उक्त राजमार्ग नेपालकै नमुना राजमार्गको रुपमा चर्चा पायो । मुलुकको मध्य र पूर्वका जनताले मुग्लिन नारानघाटको चक्कर लगाउनु पर्ने काध्यताबाट आंशिक मुक्ति पाए ।


    तर सञ्चालनको छोटो अवधिमा नै विपी राजमार्गले आफ्नो निर्माणाकालिन स्वरुप बदलेको छ । त्यस माथि पनि असार र साउनको झरी थेक्न सक्ने सामर्थ यो राजमार्गले देखाउन सकेन । विहिबार रातिदेखी परेको अविरल वर्षाले विपी राजर्मागलाई कुरुप बनाएको छ । १५६ किलो मिटर सिन्धुली धुलिखेल खण्डमा यसपलिको झरीले साना ठुला गरि सय भन्दा बढि पहिरो गए ।

    राजमार्गको प्राविधिक कमजोरीत आफ्नो ठाउँमा छ गाउँपालिकाहरुले हचुवाको भरमा खनेका ग्रामिण सडकका कारण यो राजमार्ग क्षतविछेत बनेको छ । पहिरोले बाटो अवरुद्ध गरेपछि सयौं गाढिका हजारौ यात्रु दुई दिनसम्म सडकमै अलपत्र परे । दुधेबाचकदेखी वृद्धसम्म पानी समेत नपाएर छट्पटाए । पहिरोले फसेका हजारौंको उद्धारका लागि राज्यको उपस्थिती नगन्य देखियो । दुईचार जना प्रहरीले गरको प्रयासले प्रकृतिमाथि विजय पाउने सम्भावना थिएन ।


    नागरिक प्रति सरकार कुनहतसम्म सम्बेदनहिन छ भन्ने एउटा उदहारण काफि थियो । हजारौंको संख्यामा नागरिकहरु छटपटाइ रहँदा सरकार र प्रंशासणका अधिकृततहसम्मको उपस्थिती देखिएन । दुई दिनसम्म फसेका नागरिकहरु सरकार र प्रशासनको चरम उदासिनता प्रति दुखी र स्तब्ध थिए । पंितकारले सशस्त्र प्रहरीको सहयोगको अपेच्क्षा राख्दै महानिरिक्षक शैलेन्द्र खनाललाई विपी राजमार्गको मध्य भागबाट आग्रह गर्यो । काभ्रेबाट सशस्त्र परिचालन गर्ने आश्वासन त आयो तर सशस्त्र प्रहरीको उपस्थिती कहि देखिएन । त्यसपछि पंत्तिकारले नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाललाई सोहि किसिमको आग्रह गर्यो । साझँ पर्न लाग्दा काभ्रे प्रहरीका एसपीको नेतृत्वमा केहि प्रहरी देखा परे तर दुई दिनसम्म आकुल व्याकुल भएका जनतालाई रातिको समयमा मुक्त गर्ने सामर्थ उनीसंग थिएन ।


    क्षमता भन्दा ठुला गाडिको सञ्चालन, स्थानियतहको हचुवाको विकास र सम्भवत बाटोकै प्राविधिक क्रुटिका कारण वर्षायाममा हजारौं जनताले अत्यन्तै पिडायुक्त परिस्थिती भोग्नु परिरहेको छ । सांधुरो बाटो र पुल निर्माण गर्नु पर्ने ठाउँमा ‘कज वे’ मात्रै निर्माण भएकाले थप संकट परेको थियो । जथाभावी बाटो खन्नाले ढुंगा र माटो राजमार्गको अधिंकाश भागमा थुप्रिएको थियो । विशेषगरी बालबालिका, विरामी र बृद्धबृद्धाले कल्पना नै गर्न नसकिने दुख झेलिरहेको देखिन्थ्यो भने गाडीमा सवार यात्रुलाई ठुलो ढुंगाले थिच्दा समेत १२ घण्टासम्म पनि उद्धार हुन सकेन । रातभर ढुंगाले थिचिएका व्यक्तिको विहान जिवितै उद्धार भयो । केहि पर्यटकले काठमाडौंबाट हेलिकप्टर मगाएर आफुलाई सुरक्षित गरे ।


    काठमाडौं उपत्यकासगं जोडिएको काभ्रेकै खण्डमा समेत राजमार्गमै हजार्रौ नागरिक सडकमा नै अलपत्र पर्दा पनि हाम्रो राज्यले कुनै महसुश गर्न सकेन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij