काठमाडौं – नख्खु खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १३ का सुवेश बस्नेतको खोलाले बगाएर मृत्यु भएको हो ।
नख्खु पुल छेउमा कोरिडोरमा बसेको पर्खालमा हिँडिरहेका उनी नदीमा खसेका थिए । ३९ वर्षीय बस्नेतको शव वडा नम्बर १८ मा भेटिएको प्रहरीले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
