Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको बत्ती


  • शुक्रबार, असार २७ २०७६

  • सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको बत्ती

    काठमाडौं – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ८ बजे पानीको बहाव १ लाख ७९ हजार ६१५ क्युसेक पुगेको हो ।
    ब्यारेज प्रहरीका अनुसार पानी निकासीको लागि ५६ मध्ये २३ वटा ढोका खोलिएको छ ।
    प्रहरीका अनुसार बिहीबार राती पानीको बहाव १७८११० क्युसेकपुगेको थियो । बिहान ४ बजे केही घटेर १६८८२० पुगे पनि ८ बजेदेखि फेरि बढ्न थालेको हो ।

    पानीको बहाव डेढ लाख क्युसेक नाघेसँगै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएको छ । स्थानीय प्रशासनले नदीको किनारमा रहेका स्थानीयहरुलाई सतर्क रहन सुचना जारी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij