Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सिन्धुलीमा कार र हायस ठोक्‍क‍िँदा १० घाइते


  • बुधबार, असार २५ २०७६

  • सिन्धुलीमा कार र हायस ठोक्‍क‍िँदा १० घाइते

    सिन्धुली – विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ६ चइनपुरमा एक नीजि कार र हायस ठोक्‍किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बुधबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार आपसमा ठक्‍कर खाँदा कार र हायस दुबैमा सवार १० जना यात्रु घाइते भएका हुन्।
    सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जाँदै गरेको कारले ओभरटेक गर्दा हायससँग ठोक्‍किदा दुर्घटना भएको हो।
    सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीरलाई काठमाडौं पठाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij