काठमाडौं -बसमा यात्रा गरिरहेकी एक महिलालाई सिरिन्ज हानेको अभियोगमा एक जना युवा बनेपाबाट पक्राउ परेका छन्।
स्याङ्जा वालिङ नगरपालिका-१३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठकलाई बनेपास्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो।
काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार बसभित्रै ती युवाले सिरिन्ज हानेपछि यात्रुहरुले कुटपिट गरी बाहिर निकालेका थिए।
उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। पीडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको सापकोटाले बताए।
घटनापछि आक्रोशित बसका यात्रु तथा स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा प्रदर्शन गरेका थिए।
। पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण नगरेको बयान दिएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
