Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकार माथि आक्रमण गर्ने माथि कडा कारबाही गर्न महासंघको माग


  • आइतबार, असार २२ २०७६

  • पत्रकार माथि आक्रमण गर्ने माथि कडा कारबाही गर्न  महासंघको माग

    काठमाडौं -नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिटगरी गम्भीर घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकासशिंह स्याङतानले हिजो असार २१ गते राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेका हुन । आक्रमणबाट गम्भीर घाइते भई बेहोस अवस्थामा काठमाडौं ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
    पत्रकारद्धय कार्की र दाहाल माथिको यो आक्रमणको महासंघ कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । महासंघ घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसंग जोडदार माग गर्दछ ।
    त्यसैगरि, असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका वड न। ५ स्थित भत्केपाटी जाखामा दुव्र्यवहार भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
    लामा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाइएको सूचनाका आधारमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा केही व्यक्तिहरुले दुव्र्यवहार गरेका थिए । महासंघ यस घटनाको निन्दा गर्दै समाचार संकलनमा खटिएका पत्रकारलाई सम्मान गर्नुका साथै घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij