Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा सांसदका श्रीमान ‘मस्ट वान्टेड’, यस्ता छन् नसिम खानका अपराध


  • आइतबार, असार २२ २०७६

  • नेकपा सांसदका श्रीमान ‘मस्ट वान्टेड’, यस्ता छन् नसिम खानका अपराध

    काठमाडौं – प्रहरीको सर्वाधिक खोजीमा रहेका बादशाह भनिने कपिलवस्तुका नसिम खान मुसलमान शनिबार पक्राउ परे । श्रृङ्खलाबद्ध हत्यामा संलग्न खान प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए ।
    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शनिबार काठमाडौंको सिनामगंलबाट खानलाई पक्राउ गरेको हो । कपिलवस्तुको मायादेवी गाउँपालिका–४ पिपरा घर भएका खान भारतमा बस्दै आएका थिए ।
    पक्राउ परेका खानकी श्रीमती फौजिया नसिम खान प्रदेश–५ की समानुपातिक सांसद हुन् । फौजिया नेकपाबाट समानुपातिक सांसद बनेकी हुन् ।

    नामः  नसिम खान मुसलमान
    उपनामः जाबेद, बादशाह
    आबद्ध संगठनः संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा
    हैसियतः केन्द्रीय सदस्य
    ठेगानाः कपिलवस्तु साविक पिपरा गाविस वडा नम्बर–२ (हाल मायादेवी गाउँपलिका)
    बस्नेः भारतको अलिगढवा
    जन्मः २०२८ साल
    पेशाः खेती
    शैक्षिक योग्यताः भारतबाट आईए पास

    अपराध नम्बर एक

    २०६३ जेठ २९ गते कपिलवस्तुको फुलिका–३ बस्ने धर्मराज बराईको छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको । सोही मुद्दा अदालतमा ०६३ साउन १४ गते पेश भएको र हाल उक्त मिसिल पुनरावेदन अदालतमा रहेको । निज नसिम खानको हकमा अदालतमा मुद्दा मुलतबीमा रहेको ।

    अपराध नम्बर दुई

    ०६४ वैशाख १७ गते कपिलवस्तुकै सन्दिप कुमार गुप्ताको जिप रोकी बन्दुक देखाई नगद दुई लाख लुटेको । उक्त मुद्दा ०६४ चैत २५ गते अदालतमा पेश भएको र हाल उक्त मिसिल सर्वोच अदालतमा रहेको । निज नसिममने हकमा अदालतमा मुद्दा मुलतबीमा रहेको ।

    अपराध नम्बर तीन

    ०६४ फागुन ६ गते कपिलवस्तुको मोतिपुर–१ बस्ने तत्कालीन माओवादीका जिल्ला नेता भुवन भन्ने प्रेम परियारको गोली हानी हत्या गरेको । उक्त मुद्दा हाल पुनरावेदन अदालत बुटवलमा रहेको ।

    अपराध नम्बर चार

    ०६५ भदौ ३० गते कपिलवस्तु बस्ने नसिबुल्लाह मुसलमानलाई हानेको गोली पारसनाथ कोहारको श्रीमती अकला कोहारलाई लागि उनको मृत्यु भएको । पारस कोहारले जाहेरी दिएको । अदालतमा पेश भएको उक्त मुद्दाको मिसिल हाल पुनरावेदन अदालत बुटवलमा रहेको ।

    अपराध नम्बर पाँच

    ०६५ कात्तिक ९ गते कपिलवस्तुको तत्कालीन पिपरा गाविस–७ का गाविस सचिव राममिलन प्रसाद गुप्ताको गोली हानी हत्या गरेको । उक्त मुद्दाको मिसिल पुनरावेदन अदालत बुटवलमा रहेको ।

    अपराध नम्बर छ

    ०६७ वैशाख १३ गते कपिलवस्तुको पकडी–६ बस्ने ३५ वर्षीय  राजेन्द्र प्रसाद तिवारीको हत्या गरेको । हाल उक्त मुद्दाो मिसिल कपिलवस्तु जिल्ला अदालतमा रहेको ।

    अपराध नम्बर सात

    ०७४ फागुन ३ गते वर्ष ४ का मोहम्मद अहेमानलाई अपरिचित व्यक्तिले घर नजिक बाटोवाट उठाई मोटरसाइकलमा राखी लिई गएकोमा खोजतलास गरीपाउँ भनी निजको बुबा फत्तेह मोहम्मद मुसलमानले हुलिया निवेदन दिई खोजतलास भइरहेको । हराएका बालक ०७४ फागुन ६ गते घर नजिक फोहोर पानीको गडहा (पोखरी) मा मृत अवस्थामा फेला परेको । पीडितका आफन्तले बादशाहले नै हत्या गरेको भन्दै किटानी जाहेरी दिएको । घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको ।

    अपराध नम्बर आठ

    ०६४ चैत ९ गते कपिलवस्तुको हथिहवा–३ का रामहर्ष प्रसाद कुर्मीको छोरा शिवपुजन कुर्मीको गोली हानी हत्या गरेको ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij