Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मोरङमा स्कुल बस दुर्घटना हुँदा दुई शिक्षिका घाइते


  • आइतबार, असार २२ २०७६

  • मोरङमा स्कुल बस  दुर्घटना हुँदा दुई शिक्षिका घाइते

    मोरङ – आइतबार बिहान मोरङको बुढींगंगा गाउँपालिका ४ मा स्कुल बस दुर्घटना हुँदा दुई जना शिक्षिका घाइते भएका छन् ।
    विद्यार्थी लिन गइरहेको को १ ख १९८२ नम्बरको बस गाउँपालिकाको भित्री खण्डमा पर्ने सडकमा दुर्घटना भई नहरमा खसेको थियो । दुर्घटनामा बुढींगगा १ स्थित जुभियर्स बोड्रिङ स्कुलका शिक्षिका २२ वर्षीया युनिका घिमिरे र २४ वर्षीया सम्झना अधिकारी घाइते भएका छन् ।
    घाइतेहरुको विराटनगर स्थित नोवेल मेडिकल टिचिङ अस्पतालमा उपचार भइरहेको छ । चालक ५२ वर्षीय बलराम खतिवडालाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij