Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै सञ्जय साहलाई जन्मकैदको फैसला


  • बुधबार, असार १८ २०७६

  • सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै सञ्जय साहलाई जन्मकैदको फैसला

    जनकपुरधाम – जिल्ला अदालत धनुषाले जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा दोषी ठहर गर्दै पूर्वराज्यमन्त्री सञ्जय साहलाई जन्मकैदको फैसला सुनाएको छ ।
    न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले साह र मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो । साहलाई हत्याकाण्डको योजनाकार मानिएको छ । लामाले साहकै निर्देशनमा आफूले सिंघानियालाई गोली हानेको बयान अदालतमै दिएका थिए ।
    सिंघानिया हत्या आरोपमा पक्राउ परेका एकलाल सहनी, पवन लामा र चनरदीप यादवलाई १० बर्षको कैद सुनाइएको छ । यस्तै रामविनोद यादवलाई ३ बर्ष कैद सुनाइएको छ । ओमप्रकाश यादव, रामकरण यादव र अन्सी राइनले सफाइ पाएका छन् भने मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना तोकिएको छ ।
    २०६६ साल फागुन १७ गते होली पर्वकै दिन जनकपुरको शिव चोकमा सिंघानियाँको गोली हानेर हत्या गरिएको थियो । उनको हत्या आरोपमा प्रहरीले पूर्वमन्त्री साहसहित रामविनोद यादव, अन्सी राइन, योगेन्द्र सहनी, मनक लामा, ओमप्रकाश यादव, मुकेश चौधरी र रामकरण यादवलाई पक्राउ गरेको थियो ।
    पूर्वराज्यमन्त्री साहलाई यसअघि नै जनकपुर बम विष्फोट मुद्दामा जन्मकैद फैसला सुनाइसकिएको छ । सात बर्षअघि सात जनाको ज्यान जाने गरी जनकपुरमा भएको बम विष्फोट घटनाका योजनाकार भएको भन्दै धनुषा जिल्ला अदालतले जन्मकैद फैसला सुनाएपछि उनी कारागारै जीवन बिताइरहेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij