Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

घुससहित पक्राउ परेका पूर्वसांसद कार्की र स्वामी दोषी ठहर


  • बुधबार, असार १८ २०७६

  • घुससहित पक्राउ परेका पूर्वसांसद कार्की र स्वामी दोषी ठहर

    काठमाडौं – नौ वर्ष पहिले घुससहित पक्राउ परेका तत्कालिन नेकपा (एमाले) का सांसद डोलबहादुर कार्कीलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।
    सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलाशले मंगलबार विशेष अदालतको फैसलालाई सदर गरेको हो ।
    पूर्वसांसद कार्की र स्वामी ब्रम्हानन्द उदासीन २०६७ भदौमा चार लाख घुस रकमसहित पक्राउ परेका थिए । प्रहरी निरीक्षकमा भर्ना गर्न भनेर लिएको घुस रकम मध्ये एक लाख रुपैयाँ प्रहरीले स्वामीको घरबाट बरामद गरेको थियो ।
    २०६७ सालमा अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि २०६८ जेठमा कार्की र स्वामी सर्वोच्चमा पुगेका थिए । लमजुङ घर भएका कार्की एमालेबाट समानुपातिक सांसद बनेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij