Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दुई दिनका विदेशी च्यानलको प्रशारण बन्द


  • सोमबार, असार ९ २०७६

  • दुई दिनका विदेशी च्यानलको प्रशारण बन्द

    काठमाडौं – दुई दिनका लागि विदेशी च्यानलहरुको प्रशारण बन्द भएको छ। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो।
    महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ।
    ‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन्।
    नेपालमा प्रसारित च्यानलहरु मध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी छन्। इन्डियन ब्रोडकास्टर फोरमले भने नेपाललाई मात्रै क्लिन फिड अर्थात विज्ञापनरहीत च्यानल दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने जनाएको छ।
    ऐन लागू गरिएपछि इन्डियन ब्रोडकास्टरले क्लिन फिडमा अमसर्थ जनाएमा विज्ञापन प्रशारण हुने च्यानल नै बन्द गर्नुपर्ने छ। सोको समस्याबारे अवगत गराउन महासंघले २४ घण्टे विरोध गरिएको जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij